मकवानपुरको भीमफेदीमा इभी गाडी दुर्घटनाः १० जनाको मृत्यु, पाँच जना घाइते

मकवानपुरको भीमफेदीमा इभी गाडी दुर्घटनाः १० जनाको मृत्यु, पाँच जना घाइते

हेटौंडा - मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा ईभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

आज बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गाडीमा सवार १५ जनामध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलन्द्र थापाले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलीले उद्धार जारी राखेको छ।

खबरपाटी
खबरपाटी