आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डौ - चितवनको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सुक्खा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।
आज बिहान पौने ४ बजेदेखि अवरुद्ध सडक झण्डै ४ घण्टापछि पौने ८ बजेतिर एकतर्फी खुलेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनकाअनुसार सडक दुईतर्फी नै खुलाउन काम भइरहेको छ ।
घोप्टेभीरमा आइतबार, सोमबार र हिजो मंगलबार लगातार पहिरो खसेपछि तिहार मनाउन आउजाउ गर्नेहरू समस्यामा परेका थिए । हिजो दिउँसोपछि सडक खुले पनि फेरि आज बिहान अवरुद्ध भएको थियो । अहिले पनि सडक एकतर्फी हुँदा लामो जाम छ ।
मुग्लिन हुँदै सङ्घीय राजधानी काठमाण्डौ भित्रने र बाहिरिने गाडी तथा यात्रुलाई घोप्टेभीरको पहिरोले समस्यामा पार्ने गरेको छ । सडक एकतर्फी खुले पनि जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।