काठमाडौं — कुकुर तिहारलाई अझ विशेष बनाउने उद्देश्यले HONOR Nepal ले ‘The Pawfect Click’ नामक डिजिटल फोटो प्रतियोगिता सञ्चालन गर्ने भएको छ। यस अभियानमा सहभागीहरूले कुकुर पूजाको सुन्दर क्षण तस्बिरमा कैद गरी HONOR Earbuds A Pro जित्ने अवसर प्राप्त गर्नेछन्।
प्रतियोगितामा सहभागी हुन कुकुर पूजाको तस्बिर Facebook, Instagram र TikTok मा पोस्ट गरी HONOR Nepal लाई ट्याग गर्नुपर्नेछ र #ThePawfectClick प्रयोग गर्नुपर्नेछ। साथै, HONOR Nepal को आधिकारिक पेज फलो गर्नुपर्नेछ।
उत्कृष्ट तीन तस्बिरलाई HONOR Earbuds A Pro प्रदान गरिनेछ। प्रतियोगितामा वास्तविक कुकुर पूजाका तस्बिर मात्र मान्य हुनेछन्; AI द्वारा सिर्जना गरिएका तस्बिरहरू अयोग्य ठहरिनेछन्।
HONOR Nepal ले सबै कुकुरप्रेमीलाई आफ्ना प्रिय साथीको विशेष क्षण साझा गर्दै यस अभियानमा सहभागी हुन आग्रह गरेको छ।
अभियान अवधि: ८ नोभेम्बर २०२६, बिहान ६ बजेदेखि राति १० बजेसम्म