भाइटीकामा आधुनिक उपहारको नयाँ विकल्प प्रस्तुत गर्दै HONOR

भाइटीकामा आधुनिक उपहारको नयाँ विकल्प प्रस्तुत गर्दै HONOR

काठमाडौं - नेपालीहरूको महान् पर्व तिहारको अन्तिम दिन मनाइने भाइटीका दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको प्रतीक हो। परम्परागत रूपमा मिठाई, कपडा तथा अन्य उपहार आदानप्रदान गरेर मनाइने यस पर्वमा पछिल्लो समय प्रविधिजन्य सामग्री पनि उपहारका आकर्षक विकल्प बन्न थालेका छन्।

यही बदलिँदो उपहार संस्कृतिलाई लक्षित गर्दै प्रविधि ब्रान्ड HONOR ले यस वर्षको भाइटीकाका लागि ‘यसपालीको भाइटीका, केही फरक उपहार’ अभियान सार्वजनिक गरेको छ।

अभियानमार्फत HONOR ले आफ्ना स्मार्टफोन, ट्याब्लेट, ल्यापटप तथा AIoT उत्पादनलाई दाजुभाइ तथा दिदीबहिनीका लागि आधुनिक र उपयोगी उपहारका रूपमा प्रस्तुत गरेको छ।

पढाइमा व्यस्त भाइबहिनीका लागि HONOR का ट्याब्लेट र ल्यापटप अध्ययन सामग्री पढ्न, डिजिटल नोट बनाउन, असाइनमेन्ट तयार गर्न तथा अनलाइन कक्षामा सहभागी हुन उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, संगीतप्रेमीका लागि HONOR Earbuds X10 Lite र Earbuds A Pro तथा फिटनेस र दैनिक गतिविधिमा रुचि राख्नेहरूका लागि HONOR Watch X5i उपहारका विकल्पका रूपमा प्रस्तुत गरिएको छ।

कम्पनीका अनुसार उपहार केवल चाडपर्वको खुसीमा सीमित नभई दैनिक जीवन, अध्ययन, काम तथा मनोरञ्जनमा समेत उपयोगी हुन सक्छन्। त्यसैले भाइबहिनीको रुचि र आवश्यकतालाई ध्यानमा राखेर उपहार छनोट गर्नुपर्ने अभियानको सन्देश छ।

HONOR को यस अभियानले भाइटीकाको परम्परागत भावना र आत्मीयतालाई कायम राख्दै उपहार दिने शैलीमा आधुनिकता र नयाँपन थप्ने लक्ष्य राखेको छ।‘यसपालीको भाइटीका, केही फरक उपहार’ भन्ने नारासहित HONOR ले यस वर्षको भाइटीकालाई प्रविधिमय र अझ विशेष बनाउने प्रयास गरेको छ।

खबरपाटी
खबरपाटी