भारतका विदेश सचिव विक्रम मिस्री र परराष्ट्रमन्त्री शिशिर खनालको शिष्टाचार भेट

भारतका विदेश सचिव विक्रम मिस्री र परराष्ट्रमन्त्री शिशिर खनालको शिष्टाचार भेट

काठमाण्डौ – भारतका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारमा रहेको परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा ऊर्जा, उड्डयन, व्यापार, शिक्षा र खेलकुदसहित द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
भेटमा मन्त्री खनालले नेपाल–भारतबीचको ऐतिहासिक र घनिष्ठ सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने भ्रमणका लागि आजै काठमाण्डौ आइपुग्नुभएका मिस्रीले सचिव राई नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ ।
यो भ्रमणलाई आउँदो मङ्सिर पहिलो हप्ता हुने प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को भारत भ्रमणको अन्तिम तयारीका रूपमा हेरिएको छ ।
मङ्सिर पहिलो हप्ताका लागि तय हुन लागेको प्रधानमन्त्रीको भ्रमणका एजेन्डा र सम्झौतामा सहमति जुटाउन विदेश सचिव मिस्रीको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ ।
भ्रमणका क्रममा मिस्रीले प्रधानमन्त्री शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा सत्ताधारी दल रास्वपाका सभापति रवि लामिछानेसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
गएको आमचुनावपछि भारतबाट नेपाल भ्रमण गर्ने मिस्री सर्वोच्च कूटनीतिक अधिकारी हुनुहुन्छ ।

खबरपाटी
खबरपाटी