आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं - सरकारले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन र बिक्री–वितरण हुने जैविक एवं प्राङ्गारिक मललाई आवश्यक पदार्थको सूचीमा समावेश गर्ने निर्णय गरेको छ।
सरकारको निर्णयअनुसार यी पदार्थलाई आवश्यक पदार्थको सूचीमा समावेश गरी सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ।
यसैगरी, मलको गुणस्तर कायम गर्ने, उत्पादन तथा बिक्री–वितरणलाई व्यवस्थित बनाउने र प्रभावकारी नियमन गर्ने उद्देश्यले सरकारले मल नियन्त्रण आदेश, २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
नयाँ व्यवस्थाले नानो फर्टिलाइजर, बायोस्टिमुलेन्ट तथा व्यावसायिक रूपमा उत्पादन हुने जैविक र प्राङ्गारिक मलको उत्पादन, गुणस्तर तथा बजारमा हुने बिक्री–वितरणलाई व्यवस्थित र नियमन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।