तस्करी प्रकरण चलाउनेहरु आफैँले सुन तस्करीमा संलग्न : केपी शर्मा ओली
६ असोज २०८०, शनिवार
काठमाडौं – ठगी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह थुनामुक्त भएका छन् । व्यवसायी शकुन्तला अधिकारी थापाले दिएको उजुरीका आधारमा साह पक्राउ परेका थिए ।
थापाले दिएको चेक अनादरसम्बन्धी उजुरीमा साह पक्राउ परेका हुन् । पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि साह रिहा भएका हुन् । साहलाई हाजिरी जमानीमा रिहा गरिएको छ ।
साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएको शुक्रबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले साहलाई सोमबार रिहा गरिएको जानकारी दिए ।