बजेट कार्यान्वयनमा कानून नै बाधक : हर्क साम्पाङ

बजेट कार्यान्वयनमा कानून नै बाधक : हर्क साम्पाङ

काठमाडौँ - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट कार्यान्वयनका लागि कानून नै बाधक रहेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गतको विभिन्न मन्त्रालयको शीर्षकहरूमाथिको छलफलमा उनले बजेट कार्यान्वयन हुने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए। साम्पाङले सरकारले विनियोजन गरेको बजेटमा हिसाब नै नमिलेको पाएको बताए। उनले बजेट विगतमा जस्तो कार्यान्वयन नहुने अवस्थाको सरकारले अन्त्य गर्नुपर्ने धारणा राखे।हामीले बजेट बनाउँछौ । तर त्यसको कार्यान्वयनका लागि यति धेर समय लाग्छ ठेक्कापटा, वनको कानून, यताउताले गर्दा खेरी । मैले कानूनमन्त्रीलाई पनि भेटेर सल्लाह दिएको थिए- यो सरकारले बजेट कार्यान्वयनका लागि सहज बनाउनु पर्दछ’, उनले भने, ‘त्यसका लागि आवश्यक कानूनी चिरफार गर्नु पर्दछ। अन्यथा हामीले बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ । अनि असारमा बाटो बनाई हिँड्नुपर्दछ।’
साम्पाङले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा पनि जोड दिए।
 

खबरपाटी
खबरपाटी