फागुन २१ मा चुनाव थिएन, तमासा थियो, परिणाम पूर्वनिर्धारित थियो : केपी ओली

फागुन २१ मा चुनाव थिएन, तमासा थियो, परिणाम पूर्वनिर्धारित थियो : केपी ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न भएको चुनावलाई तमासाको संज्ञा दिएका छन्। 

पार्टीको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला उद्घाटन गर्दै ओलीले चुनावलाई नाटकको संज्ञा दिए।

उनले यो परिणाम आउँछ भन्ने पहिल्यै थाहा भएको बताए। त्यसैले आफूहरूले चुनावमा भाग नलिने भनेर सही नीति लिएको दाबी गरे। अरु दलका कारण चुनावमा जान बाध्य भएको बताए। 

‘परिणाम स्वीकारेका छौँ। तर यसको अर्थ अन्धविश्वासमा छौँ भन्ने होइन। हामी सबै कुरा हेर्छौँ। समीक्षा गछौँ’, उनले भने।

खबरपाटी
खबरपाटी