कामपाले दृष्टिविहिन क्रिकेट उपविजेता खेलाडीहरूलाई जनही १ लाख रुपैयाँसहित सम्मान गर्ने

कामपाले दृष्टिविहिन क्रिकेट उपविजेता खेलाडीहरूलाई जनही १ लाख रुपैयाँसहित सम्मान गर्ने

काठमाडौं –  काठमाडौं महानगरपालिकाले दृष्टिविहिन क्रिकेट उपविजेता खेलाडीहरूलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ।

आज(शुक्रबार) महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको ४४ औँ कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।

यस्तै महानगरपालिकाले टोलीका अन्य सदस्यलाई ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गर्ने निर्णय गरेको छ। बैठमा श्री पारसनाथ महादेव तथा आनन्द भैरव मन्दिर, ज्ञानेश्वर व्यवस्थापन समिति कार्यविधि २०८२, बाल कोष परिचालन मापदण्ड २०८२ स्वीकृत गरिएको छ।

यस्तै रचनात्मक सहर सञ्जाल कार्यविधि, संशोधनसहित स्वीकृत भएको छ। 

खबरपाटी
खबरपाटी