प्रधानमन्त्रीले छाडिन् खानेपानी मन्त्रालय, भण्डारीलाई कार्यभार

प्रधानमन्त्रीले छाडिन् खानेपानी मन्त्रालय, भण्डारीलाई कार्यभार

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आफूले सम्हाल्दै आएको खानेपानीमन्त्रीको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई दिएकी छिन्। 

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेका छन्।

खबरपाटी
खबरपाटी