आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ ।
विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि बिहीबार मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन्। यस क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्धन तथा धार्मिक एवं आरोग्य पर्यटन विकासमा सहकार्य तथा आर्थिक साझेदारी विस्तार गर्नुपर्ने बताए।
मुख्यमन्त्री नायडुले मन्त्री साहले उठाउनुभएका विषयमा आन्ध्र प्रदेश सरकार सकारात्मक रहेको भन्दै क्षेत्रीय सहकार्यका लागि इच्छुक रहेको बताए।