शेयर बजार दोहोरो अङ्कले घट्यो

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२।९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स बाहेक सबै समूहको उपसूचक घटेको छ । २११ वटा कम्पनीको शेयर घटेकोमा ५६ वटाको बढेको छ । १२ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।
आज कुमारी बैंकको डिबेन्चर ९२०८६० ५ प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन कुमारी सबल योजनाको शेयर झन्डै ३ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ३४९ वटा कम्पनीको १ करोड २३ लाख कित्ता शेयर ४ अर्ब ७२ करोड रुपैयाँमा किनबेच भएको छ ।

खबरपाटी
खबरपाटी