साफ यू–२० फुटबल : नेपाललाई हराउँदै बङ्गलादेश च्याम्पियन

साफ यू–२० फुटबल : नेपाललाई हराउँदै बङ्गलादेश च्याम्पियन

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–२० च्याम्पियनसिप फुटबलको उपाधि बङ्गलादेशले जितेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । 

एकपक्षीय खेलमा बङ्गलादेशलाई जिताउन मिराजुल इस्लामले दुई तथा यस नोभा र हुसेन राहुलले एक एक गोल गर्नुभयो । नेपालका लागि समिर तामाङले एक सान्त्वना गोल फर्काउनुभयो । खेलभर बङ्गलादेहको दबाब झेलेको नेपाललको घरेलु मैदानमा उपाधि चुम्ने सपना पूरा भएन ।

नेपालले समूह चरणको खेलमा भने बङ्गलादेशलाई २–१ गोलले हराएको थियो । नेपालले सेमिफाइनलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

बङ्गलादेशले साबिक विजेता भारतलाई टाइब्रेकरमै ४–३ गोलले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको थियो । च्याम्पियनसिपमा साफमा आवद्ध पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको थियो । 

खबरपाटी
खबरपाटी