बेनी–जोमसोम–कोरला सडकखण्ड ५ दिनका लागि पूर्णरूपमा बन्द

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडकखण्ड ५ दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कंक्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम शुरू भएकाले सडक बन्द गर्न लागिएको हो । 

सडकमा ढुंगा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतवारदेखि साउन ३२ गते बिहीवारसम्म ५ दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

खबरपाटी
खबरपाटी