आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले मल वितरणमा स्थानीय तहबाट कालोबजारी भएको बताएका छन् ।
सोमबार अर्थ समितिको बैठकमा बोल्दै मन्त्री भुसालले स्थानीय तहले सहकारीलाई मल वितरणको जिम्मा दिँदा कालोबजारी बढेको बताए ।
ूसंघीय सरकारले मल खरिद मात्र गर्ने हो । स्थानीय तहले सहकारीबाट मल वितरण गरेको छ । त्यहाँ घोटला भएको छ,ू उनले भने, ूविभिन्न जिल्लामा कालोबजारी भएको प्रमाण छ । केहीलाई हामीले कारबाही गरेका छौं ।ू
अर्थ मन्त्रालयले समयमा नै बजेट व्यवस्था नगर्दा पनि मल खरिद गर्न समस्या परेको मन्त्री भुसालले बताए ।
यो वर्ष पाँच लाख मेट्रिक टन मल ल्याउने योजना रहेकोमा मल आइसकेको उनले बताए । अब बाँकी २५ हजार मेट्रिकटन मात्र आउन बाँकी रहेको उनले बताए ।