काठमाण्डौ – सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ । आयोजनाले सार्वजनिक सूचनामार्फत् ठेक्का रद्द गरिएको जानकारी दिएको हो ।
आयोजनाले यसअघि गएको जेठ २५ मा प्रकाशित सूचनामार्फत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । तर, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) मा रहेको व्यवस्थाअनुसार यो ठेक्का रद्द गरिएको आयोजनाले जनाएको छ ।
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले अस्ति बिहीबार बेलुका नियन्त्रणमा लिएको थियो ।
सिरहाबाट नियन्त्रणमा लिएका उहाँहरुलाई त्यही रात काठमाण्डौ पठाएकोमा कहाँ राखिएको छ भन्ने खुलेको छैन ।