सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

सार्वजनिक खरिद अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

काठमाडौँ – सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

संसद् अधिवेशन नरहेका वेला सरकारले ल्याएको यो अध्यादेशसंघीय संसद्को अधिवेशन शुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेश भएको थियो। सरकारले विधेयक नल्याई अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए ।

शुक्रबार प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखिन् यसलाई सभाले स्वीकृत गरेको छ ।

 यससँगै सरकारलाई सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ।

खबरपाटी
खबरपाटी