जोर्डनविरूद्धको खेलमा अष्ट्रिया विजयी

जोर्डनविरूद्धको खेलमा अष्ट्रिया विजयी

काठमाडौं । विश्वकपमा जोर्डनविरूद्धको खेलमा अष्ट्रिया विजयी भएको छ ।

समूहमा आइमा रहेका यी दुई टोलीबीचको खेलमा ३-१ ले अष्ट्रिया विजयी भएको हो । अष्ट्रियाका लागि २० औँ मिनेटमा रोमानो स्मिदले गोल पहिलो गोल गरे ।

५० औँ मिनेटमा जोर्डनका यार्जब अलराबले गोल फर्काएका थिए । ७६ औँ मिनेटमा जोर्डनका यार्जब अराबले आत्मघाती गोल गरेपछि खेल २-१ को स्थितिमा पुग्यो ।

अन्तिम क्षणमा अस्ट्रियाका मार्को अनुतोभिकले पनाल्टीमार्फत गोल गरेपछि खेल ३-१ को स्थितिमा समाप्त भएको हो । जितसँगै अष्ट्रियाले तालिका तीन अंक जोडेको छ । 

खबरपाटी
खबरपाटी