काठमाडौँ – प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद्मा विरोध जारी राख्ने बताएकाा छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा हमालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै फिर्ता लिने र संसदको रेकर्डंबाट हटाउने माग सम्बोधन नभएसम्म विपक्ष दलहरुले विरोध जारी रहने बताएका हुन्। सांसद हमालले सभामुख डोलप्रसाद अर्याललाई आफूहरूको यो विरोधको शैलीलाई परिवर्तन गर्नुपर्ने हो कि यसरी नै जारी राख्ने हो? भनि प्रश्न गरे।
‘हामीले माग गरिरहेका छौँ प्रधानमन्त्रीले बोलेका कुराहरु फिर्ता लिनुस् रर माफी माग्नुस। त्यतिमात्रै होइन सभामुख महोदय। हामीले भनिरहेका छौँ यो संसदको रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाइयोस्। यतिका दिन भइसक्यो’, उनले भने, ‘सभामुखज्यूसँग हामीले कुराकानी पनि गर्यौैँ। तर प्रतिफल अपेक्षित आएको छैन। त्यसैले गर्दा हामीले विरोध जारी राख्नु परेको छ। हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो? सभामुखले यथाशिघ्र यसको सम्बन्धमा हामीलाई जानकारी दिनु पर्यो। रुलिङ गर्नुपर्यो।’
सांसद हमालले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमण लिपुलेक–काालापानी क्षेत्रकाो कुरा उठाएको सुन्न चाहेको बताए।