सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच छलफल
१९ भदौ २०८०, मङ्गलवार
काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन्।
प्रदेशसभामा उपस्थित २८ सांसदहरूमध्ये पक्षमा २८ मत विपक्षमा शून्य मत र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले बताए।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक-एक सदस्य छन्।