विश्वकप छनोट फुटबल : लाओसलाई उसैको मैदानमा हराउँदै नेपाल दोस्रो चरणमा

विश्वकप छनोट फुटबल : लाओसलाई उसैको मैदानमा हराउँदै नेपाल दोस्रो चरणमा

काठमाडौं -लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। लाओसको घरेलु मैदानमा नेपालले १(० गोलले विजयी हुँदै फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको हो। 
नेपालका लागि मनिष डाँगीमाले ५३औं मिनेटमा निर्णायक गोल गरेको थियो। अन्जन विष्टको पासमा मनिषले नेपालका लागि निर्णायक गोल गरेका थिए। यसअघि दशरथ रंगशालामा भएको खेलमा नेपाल र लाओसबीच एक(एक गोलको बराबरी भएको थियो।
 नेपालले अब दोस्रो चरणअन्तर्गत समूह एचमा युएई, बहराइन र यमनसँग प्रतिस्पर्धा गर्नेछ।
 

खबरपाटी
खबरपाटी