नेपालको राष्ट्रिय फुटसल टोलीको घोषणा

नेपालको राष्ट्रिय फुटसल टोलीको घोषणा

काठमाडौं । मंगोलियामा सन् २०२४ मा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

टोलीले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटमा सहभागिता जनाउनेछ ।

नेपाली टोली

गोलकिपरः आशिष दंगाल, सागर गुरुङ

फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान

आला:आदिल हमिद, अमित तामाङ, आरुज सिंह, सुमित श्रेष्ठ, उज्वल शाही, रजत तिवारी, दिपेश घले

पिबोट : सुजित बुढाथोकी, मणिकुमार लामा

खबरपाटी
खबरपाटी