नेपाली कलाकारहरुलाई रजतपटले चिन्दैन भने कलाकार चिन्ने जिम्मा कस्को ?
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिवार सम्पन्न संघको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् ।
कुल ४६८ मत मध्ये मोहनले २३५ मत पाउँदा उप्रेतीले २०९ प्राप्त गरिन् । त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी हुँदा महासचिव सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी चुनिएका छन् ।
त्यसैगरि कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।